Quantcast
Channel: Notice – Tamu Samaj, Tamu History, Tamu Culture, About Tamu, Gurungs
Viewing all articles
Browse latest Browse all 6

मिस तमुस्यो नेपाल २०१४ को फाराम खुल्ला

$
0
0

नेपाल तमु विद्यार्थी छोंज धींले मंसिर १३ गते आयोजन गर्न लागेको मिस तमुस्यो नेपाल २०१४ को सहभागी फाराम खुल्ला रहेको जनाएकोछ ।

भदौ पहिलो सातादेखि खुल्ला रहेको सहभागीता फाराम असोज पहिलो साता सम्म खुल्ला रहने आयोजकले जनाएको छ । तमु जातिको भाषा संस्कार संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गर्न लागेको प्रतियोगीतामा भाग लिन चाहाने, योग्यता पुगेका तमु युवातिहरुले आयोजकले तोकेको स्थानबाट फारम लिन पाउने नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष भुपाल तमुले जानकारी दिनुभयो ।

यहि भदौ २५ गतेदेखि देशभर ९ स्थानमा पहिलो चरणको छनोट अडिसन हुने प्रतियोगीतामा सहभागी हुन पोखराको चिप्लेढुंगा स्थित हङकङ्ग व्युटि इन्ष्टिच्युट एण्ड कलेज, वे यु फिटनेस एण्ड स्लिनिङ्ग ड्यामसाइड, ग्लामरस व्युटि पार्लर अमरसिंहचोक, नेपाल तमु विद्यार्थी छोँज र्धी कास्की कार्यालय सभागृहचोक लागयतका स्थानबाट फारम प्राप्त गर्न सक्ने आयोजकले बताएको छ ।

अन्य जिल्लाका इच्छुक तमु युवातिहरुले सम्बन्धित जिल्ला कार्यसमितिमा सम्पर्क राख्न सकिने बताएको छ ।

प्रतियोगीताको भदौ २५ गते लम्जुङ बेसिशहर,

भदौ २६ गते चितवन नारायणघाट,

भदौ २७ गते नवलपरासी कावासति,

भदौ २८ गते काठमाडौँ,

भदौ ३० गते स्याङजा,

भदौ ३१ गते बुटवल

असोज २ गते झापा विर्तामोड

असोज ४ गते पोखराको स्काई टच रेष्टुरेन्टमा

पहिलो चरणको अडिसन हुने जनाएको छ ।

प्रतियोगीतामा पार्लर पर्टनरको रुपमा हङकङ्ग व्युटि इन्ष्टिच्युट एण्ड कलेज, टेलिभिजन पार्टनरको रुपमा सगरमाथा टेलिभिजन, अनलाइन पार्टनरको रुपमा जक्सन डटकम, तमु न्युज डटकम, रेष्टुरेन्ट एण्ड भ्यानु पार्टनरको रुपमा स्काइ टच रेष्टुरेन्ट न्युरोड र विशेष सहयोगीका रुपमा वैदाम केवल रहेको छ । देश भर बाट छनोट चरणबाट छानिएका २५ सहभागीलाई मंसिर १३ गत पोखरा सभागृहमा हुने अन्तिम फइनलमा उतार्ने छ ।


Viewing all articles
Browse latest Browse all 6